Logo

मुख्य समाचार

निर्देशन कार्यान्वयन भएपछि मात्र नयाँ कार्ययोजना बनाउनुपर्ने



काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा सरोकार समितिमा सदस्यहरु दिएको निर्देशनको कार्यान्वयन गरे नगरेकोबारे अनुगमन गर्नुपर्ने माग राखेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा नवनिर्वाचित सांसदहरुले समितिले दिएको निर्देशन कार्यान्वयन भएपछि मात्र नयाँ कार्ययोजना बनाउनुपर्ने धारणा राखेका हुन् ।

सांसद इन्दिरादेवी गौतमले समितिले दिएको निर्देशन सरकारले  कार्यान्वयन गर्यो कि गरेन भन्नेबारे रिपोर्ट माग गनुपर्ने बताइन् ।

उनले भनिन्, ‘हामीले निर्देशन दिँदाखेरि रिपोर्टका आधारमा सुझावहरु दिन्छौं । त्यही हिसाबले सरकारसँग पनि सुझाव माग्नुपर्दछ । कार्यान्वयनका बारेमा सम्बन्धीत मन्त्रालयसँग प्रतिशतमा रिपोर्ट माग्ने र प्रतिवद्धता लिने गरौं ।’

समिति सभापति सोनाम गेन्जेन शर्पाले छिट्टै नै विज्ञहरुसँगको छलफलका आधारमा समितिका भावि कार्ययोजना तय गर्ने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ५ : १२ बजे