Logo

राजनीति

सङ्घीय राजधानी काठमाडौंबाट दाङमा सारौं : चित्रबहादुर केसी


३० फाल्गुन २०८०, बुधबार  

46
Shares

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताएका छन् ।

अध्यक्ष केसीले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले सुनतस्करी र अनुचित लेनदेनमा मुछिएका प्रभावशाली व्यक्तिलाई सरकारले कारवाही नगरेकोमा गुनासो गरे । उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शैक्षिक परामर्शका नाममा ठगी गर्ने, मानव बेचविखन तथा मानवाधिकार हनन गर्ने, सार्वजनिक जग्गा हड्प्ने, सुन तस्करी संलग्न जोसुकै भएपनि कारवाही गर्न माग गरे ।

उनले चुरे दोहन रोक्नुपर्ने बताउँदै खेतीपातीका लागि आवश्यक जग्गा राखेर मात्र सहरको विकास गर्नुपर्नेमा जोड दिए ।

साथै सङ्घीय राजधानी दाङमा सार्नुपर्ने सुझाव दिए । उनले पनि प्रधानमन्त्री दाहाललाई मत दिन नसकिने पनि जानकारी गराए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : १८ बजे