Logo

मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते


१९ फाल्गुन २०८०, शनिबार  

161
Shares

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका—६ मा पर्ने हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई हिजो राति दुर्घटना हुँदा २२ वर्षीय निरज उरावको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज—७ का २० वर्षीय जयकुमार उराव, पछाडि बसेका २९ वर्षीय मनोजकुमार उराव र निरज उराव घाइते भएका थिए ।

उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा निरजको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुईजनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ११ : ४२ बजे