Logo

कोशी

प्रहरीलाई देखेपछि साइकलयात्री फरार, बरामद भयो गाँजा


१४ फाल्गुन २०८०, सोमबार  

207
Shares

सुनसरी । सुनसरीमा प्रहरीले अवैध लागूऔषध १ सय २२ किलो गाँजा बरामद गरेको छ ।

सोमबार बिहान देवानगंज गाउँपालिकां ५ साहेवगंजस्थित पश्चिम टोल साईटबाट बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय साहेवगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकल चालकले लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले भेटाएको थियो । मोटरसाइकल चालक प्रहरीलाई देखेपछि मोटरसाइकल नै छोडेर फरार भएको थिए ।

त्यसपछि मोटरसाइकलमा रहेको चारवटा बोरा छाडी चालक फरार भएपश्चात् बोरा तलासी गर्दा उक्तपरिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ४८ बजे