Logo

कोशी

राष्ट्रिय डोरीतान प्रतियोगितामा तीन विभागीयसहित १० टिम


१३ फाल्गुन २०८०, आइतबार  

115
Shares

विराटनगर । फागुन १८ र १९ गते कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय डोरी तान (टग अफ वार) प्रतियोगिता हुने भएको छ । नेपाल डोरी तान संघ र कोशी प्रदेश डोरी तान संघको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

कोशी प्रदेश डोरी तान संघकी अध्यक्ष रीता न्यौपानेका अनुसार फागुन १८ र १९ गते प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा सात प्रदेशका सातवटा टिम तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टोलीसहित १० टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताअन्तर्गतका खेलहरु विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने जनाइएको छ ।

नेपालको पुरानो खेल भएपनि लामो समयदेखि ओझेलमा परेको डोरी तान खेललाई प्रवर्द्धन र विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रतियोगितामा विजेता टोलले नगद १ लाख र उपविजेता टोलीले ५० हजार प्राप्त गर्नेछन् ।

२०६४ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको डोरी तान संघले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता पाएको आयोजकले जनाएको छ ।

नेपाल डोरी तान संघका उपाध्यक्ष सुवास पोखरेलले संघले दोस्रो पटक राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको जानकारी दिए । गत वर्ष काठमाडौंमा राष्ट्रिय प्रतियोगिता भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ०१ बजे