Logo

मुख्य समाचार

संसदलाई छलेर भाग्दै हिंड्नेलाई नत्थी लगाएर तान्छौं : महेश बर्तौला


११ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने चेतावनी दिएको छ ।

शुक्रबार विपक्षी दलहरुको अवरुद्धका कारण स्थगितपछि सुचारु भएको प्रतिनिधि सभाको बैठकमा एमाले सचेतक महेश बर्तौलाले सरकार संसदलाई छलेर भाग्दै हिँडे नाकमा नत्थी लगाएर तान्ने ताकत रहेको चेतावनी दिए । उनले आगामी बैठकमा प्रधानमन्त्रीको उपयुक्त जवाफ ‘मैले मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु’ भन्ने घोषणा गर्ने अपेक्षा गरे ।

उनले भने, ‘सरकार प्रत्येक दिन संसदलाई छलेर भागिरहन्छ । ६ गतेदेखि भाग्दैछ । १३ गते १४ गते भाग्ला कति गतेसम्म भाग्ने सम्माननीय प्रधानमन्त्रीज्यू ? हामीसँग यति तागत छ कि नाकमा नत्थी लगाएर संसदमा ल्याउने परिस्थितिमा प्रमुख प्रतिपक्ष र प्रतिपक्षीहरुलाई नपुर्याइयोस् । आगामी बैठकमा प्रधानमन्त्रीको उपयुक्त जवाफ मैंले मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफको अपक्षा गर्दछु ।’

उनले प्रधानमन्त्रीलाई तीन दिनपछि बस्ने बैठकमा आफूहरुले उठाएको सवाल सम्बोधन गर्न माग गरे । तीन दिनको पर्याप्त समय रहेकाले आगामी बैठकमा आफूहरुले उठाएको सवाल प्रधानमन्त्रीबाट सम्बोधन हुनुपर्ने उनको माग छ ।

उनले भने, हामीले ६ गतेदेखि नै केहि महत्वपूणर् विषयमा प्रधानमन्त्रीज्युलाई प्रश्न गरिरहेका छौं । हाम्रो प्रश्न र माग सरकारसँग हो । अब बस्ने बैठकमा, संसदले बनाएको तालिका बमोजिम १३ वा १४ गते हाम्रो बैठक छ । उपयुक्त समयमा सरकरलाई समय छान्ने सुविधा प्रधानमन्त्री ज्युलाई छ । उहाँले आगामी बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको सवाल सम्बोधन गर्नुहुनेछ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : ३० बजे