Logo

मुख्य समाचार

रमेश लेखक भन्छन् : सदनमा उत्तेजित अभिव्यक्ति घातक छ 


११ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले संसदमार्फत गलत सन्देश प्रवाह भयोभने व्यवस्थाका लागि घातक हुने बताएका छन् । संसदमा भइरहेको गतिविधी र अभिव्यक्तिलाई इङ्गित गर्दै लेखकले यस्तो बताएका हुन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लेखकले यदि यो संसद काम नलाग्ने ठाउँ भयो भन्ने सन्देश बाहिर सम्प्रेषण भयो भने वर्तमान व्यवस्थाका लागि ठूलो घातक हुने बताएका हुन् ।

उनले प्रतिपक्ष वा सत्तापक्ष सबैले एकले अर्कालाई स्वीकार नगरेता पनि संयमीत हुनु जरुरी रहेको बताए ।

शुक्रबार बिहान बसेको बैठकमा विपक्षी नेकपा एमाले र राप्रपाका सांसदहरुले सदन अवरुद्ध गरेका थिए । विपक्षी सांसदहरुले उत्तेजित अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : ५९ बजे