Logo

मुख्य समाचार

‘कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवा कल्पना गर्न सकिन्न’



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्मचारी बिना आधारभूत स्वास्थ्य सेवा कल्पना समेत गर्न नसकिने बताएका छन् ।

बुधबार काठमाडौंस्थित परोपकार प्रसुती स्त्रीरोग अस्पतालमा सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवनको उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी नभएको बताए ।

सात सय ५३ वटा स्थानीय तहहरुमा पालिका अस्पतालहरुको उद्घाटन गरिएको भएपनि एउटै अस्पताललले पूणर्ता नपाएको मन्त्री बस्नेतको भनाइ थियो ।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले स्वास्थ्य उपचारमा मात्र केन्द्रित नभई मेडिकल शिक्षामा समेत महत्वपूणर् कामहरु गरिरहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ३ : २१ बजे