Logo

बागमती प्रदेश

ललितपुर महानगरले ५० नगर प्रहरी थप्यो



काठमाडौं । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरीहरू थपेको छ ।

गत पौष २४ गतेबाट ललितपुर महानगरपालिकाले नगर प्रहरी आधारभूत तालिम सञ्चालन गरी आज बुधबार समापन गरेको हो ।

तालिम समापन कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको राम्रो काममा नगर प्रहरीको संलग्नता उच्च स्तरको रहेको बताए । ललितपुरको असल अभ्यासलाई अरु पालिकाहरूले समेत अनुसरण गर्ने गरेको उनको भनाई छ ।

मेयर महर्जनले, ५० जना नगर प्रहरीहरू थपेर नगर प्रहरी बल अझ सशक्त हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : २८ बजे