Logo

कोशी

‘राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण’



विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

मोरङको बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताए ।

उनले सशस्त्र प्रहरीले सीमा सुरक्षा, लागूऔषध ओसारपसारमा नियन्त्रण, दैवी तथा प्राकृतिक प्रकोपका समयमा उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताए ।

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले सशस्त्र प्रहरीले जनतासित नजिक भएर काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले प्राकृतिक प्रकोपका समयमा सशस्त्र प्रहरीले उद्धार र राहत वितरणमा अग्रणी भूमिका निर्वाह गर्ने गरेको चर्चा गरे ।

कार्यक्रममा गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी तीर्थराज थापाले स्थानीय पालिकाहरुको सहयोगमा छोटो समयमै बैठक कक्षको निर्माण सम्पन्न गर्न सफल भएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बानिी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविन राजकर्णजितले बैठक कक्षको निर्माणले भारतीय सुरक्षा निकायका समकक्षीसित बैठक गर्न सहज भएको बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ५८ बजे