Logo

कर्पोरेट

प्रक्रिया पूरा गरेका कम्पनीको आईपीओ निष्कासन रोक्न हुँदैनः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओ निष्कासन रोक्न नहुने बताएका छन् ।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा ढकालले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आईपीओ निष्कासन रोक्न नहुनेमा जोड दिए । २५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजान लाइनमा रहेको भन्दै ढकालले ति कम्पनीका आईपीयो निष्कासन गर्न दिनुपर्ने बताए ।

अध्यक्ष ढकालले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्कासन गर्न दिनुपर्ने बताए हुन्। बोर्डको अध्यक्षको कारणले प्रकृया पुर्याएका कम्पनीलाई रोक्न नहुनेमा उनले जोड दिए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : ०३ बजे