Logo

समाचार

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ



काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्की रहेको छन् ।

सोही नगरपालिका–८ आहाले कुलोको बन्मारा घारीमा लगेर १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : २१ बजे