Logo

मुख्य समाचार

आम सञ्चार क्षेत्रको पुनःसंरचना हुन्छः मन्त्री शर्मा



काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्ने बताएकी छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सव कार्यक्रममा उनले आम सञ्चार क्षेत्रको पुनःसंरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा आम सञ्चार क्षेत्र सुधार समिति गठन गरेको बताइन् ।

उक्त समितिको प्रतिवेदनलाई मुख्य आधार बनाई नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको जानकारी मन्त्री शर्माले दिइन् ।

उनले प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएको बताइन् । संविधानले प्रतयाभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित व्यावसायिक बनाउन सरकार क्रियाशील रहेको उनको भनाई छ ।

मन्त्री शर्माले पत्रकारहरुलाई समाजमा देखा परेका उच्छृङखल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने सामग्री उत्पादन, प्रकाशन र प्रसारणमा जोड दिन आग्रह गरिन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १२ : ५५ बजे