Logo

मुख्य समाचार

केन्या र बोत्सवानाको गैरआवासीय राजदूतमा दानबहादुर तामाङ नियुक्त



काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपालका राजदूत दानबहादुर तामाङले केन्या र बोत्सवानाका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी पाएका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले तामाङलाई केन्या र बोत्सवानाको गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् । उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : २८ बजे