Logo

मुख्य समाचार

किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ



विराटनगर । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–१२ स्थित एउटा होटलमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी–८ का १९ वर्षीय आयुष धिमाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शनिबार राति ती युवकले किशोरीलाई ललाइफकाइ गरी होटलमा पुर्याएर बलात्कार गरेका थिए । किशोरीका आफन्तले बलात्कार गरेको जानकारीसहित प्रहरीमा उजुरी गरेका थिए ।

घटनापछि सम्पर्कविहीन भएका युवकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ११ : ४४ बजे