Logo

अर्थ

सुनचाँदीको मूल्य आज पनि बढ्याे



काठमाडाैं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला तीन सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ । साेमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन हिजाे प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ११ : २० बजे