Logo

मुख्य समाचार

सलिनमानको ‘युओजी’ कमब्याक



काठमाडौं । अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाराज’मार्फत नेपाली फिल्ममा कमव्याक गर्ने भएका छन् । मंगलबार सलिनमान र सलोन बस्नेतको मुख्य भुमिका रहने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको छ ।

थिम पोस्टरमा अभिनेता सलिन र सलोन बस्नेतलाई एक्सन मुडमा देख्न सकिन्छ । पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ ।

सार्वजनिक पोस्टरले फिल्ममा विश्वविद्यालयमा हुने गुण्डाराजलाई उठाएको बुझ्न सकिन्छ । फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुनेछ । सलोन र सलिनमानले ‘ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् ।

करिब चार करोड बजेटमा निर्माण हुने फिल्म आगामी वैशाख वा जेठबाट फ्लोरमा जानेछ । फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ ।

एक्सन जनरामा निर्माण हुने फिल्मका लागि सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन् । फिल्मको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : २० बजे