Logo

मुख्य समाचार

लिखित प्रतिवेदन पठाउन मन्त्रीहरुलाई निर्देशन



काठमाडौं । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मन्त्रीहरुले गरेको कामहरुको लिखित प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले मन्त्रीहरुलाई बोलाएर लिखित कार्य विवरण मगाउन निर्देशन दिने निर्णय गरेको हो ।

समितिका अध्यक्ष भानुभक्त जोशीले मन्त्रीहरुको पूर्ण बैठक बोलाएर छलफल गर्नका लागि हालसम्म गरेको कार्य प्रगति माग गरिएको हो ।

त्यस्तै समितिले स्वास्थ्यसँग सम्बन्धित निकायहरु बिमा बोर्ड, चिकित्सा शिक्षा आयोगलगायतका निकायहरुसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।

यसअघि समितिको कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजन र स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको विवरण माग गरेकी थिइन् ।

त्यस्तै समितिमा बोल्दै सांसद तोसिमा कार्कीले मन्त्रीलाई बोलाएको भएपनि समितिमा उपस्थित नभएको भन्दै आक्रोश व्यक्त गरिन् ।

समितिका विगतका बैठकबाट दिइएका निर्देशन समेत पालना नभएको भन्दै सांसद कार्कीले बीर अस्पतालका अढाईसय करारका कर्मचारी हटाएर पुनः करार कर्मचारी नियुक्त गरिएको बारेमा समेत प्रश्न उठाइन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ३९ बजे