Logo

Breaking News 1

सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।

आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

भुवा पर्व विशेषगरी बाजुरा र बझाङमा उल्लासपूर्वक मनाउने गरिएपनि पछिल्लो समय कैलाली र कञ्चनपुरमा समेत मनाउन थालिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : ३४ बजे