Logo

अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ३४ पैसा र बिक्री दर १४३ रूपैयाँ ०८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १६ पैसा र बिक्री दर १६१ रूपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ६ : ०९ बजे