Logo

अर्थ

यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आज छ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

आज छिमेक लघुवित्त, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी ६ वटै कम्पनीले भोलि मंगलबार बुक क्लोज गर्दैछन् । भोलिसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्ता लाभांश प्रस्ताव पारित गर्न यस संस्थाले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, गरिमा विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

त्यस्तैगरी, लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ

विन्ध्यवासिनी हाइड्रोपावरले गत आर्थिक वर्ष नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते साधारण सभा डाकेको छ ।

सुपर मादी हाइड्रोपावरले गत वर्षको नाफाबाट लगानीकर्तालाई २ प्रतिशत नगद लाभांश (कर बाहेक) घोषणा गरेको छ । यस हाइड्रोपावरले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ ।

यता, रुरु जलविद्युत परियोजनाले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त नगद लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ११ : ५२ बजे