Logo

कला/साहित्य

जगदीश घिमिरे स्मृति पुरस्कार माधव काफ्लेलाई



रामेछाप । यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार माधव काफ्लेलाई प्रदान गरिएको छ । शनिबार रामेछापको मन्थलीमा भएको जगदीश घिमिरे स्मृति १० औँ साहित्यिक सभामा काफ्लेलाई सो पुरस्कार प्रदान गरिएको हो । जगदीश घिमिरे स्मृति प्रतिष्ठानले वितरण गर्दै आएको सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तुलसी दिवसले प्रदान गरे । पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।

जगदीश घिमिरे प्रतिष्ठानले हरेक वर्ष रामेछापमा साहित्य सभा गरी साहित्य र पत्रकारिताको क्षेत्रमा राष्ट्रिय रूपमा योगदान पु¥याएका एक जना व्यक्तिलाई सो पुरस्कार प्रदान गर्दै आएको छ । सो पुरस्कारबाट यसअघि मनु ब्राजाकी, रोचक घिमिरे, डा.सन्दुक रुइत र ध्रुव सापकोटा सम्मानित भइसकेका छन् ।

२००२ सालमा रामेछापको मन्थलीमा जन्मिएका घिमिरेको २०७० साल कात्तिक १४ गते निधन भएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ११ : ४३ बजे