Logo

मुख्य समाचार

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा पुस १० गते बिहान १० बजेका लागि बोलाइएको हो ।

पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको जसपाले जनाएको छ । त्यसैगरी बैठकमा आगामी पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ८ : १८ बजे