Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८१ जेठ २ गते, बुधबार १५ मे २०२४। वैशाख शुक्लपक्ष सप्तमी तिथि प्रातः ६ः२३ बजेपछि अष्टमी। अश्लेषा नक्षत्र, १७ः२६ बजेपछि मघा। चन्द्रराशि कर्कट, १७ः२६ बजेपछि सिंह।

मेष
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

वृष
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेका प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्।

मिथुन
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ।

कर्कट
काममा राम्रो सुरुवात हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

सिंह
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। आफ्नै कमजोरीले साथीभाइमा वादविवाद निम्त्याउन सक्छ।

कन्या
काम बन्नाले राम्रै लाभांश प्राप्त हुनेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।

तुला
चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ।

वृश्चिक
सेवा तथा सामाजिक काममा रुचि बढ्नेछ। चुनौतीहरू बिस्तारै हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।

धनु
चिताएको काम बिग्रनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

मकर
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ।

कुम्भ
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ।

मीन
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ६ : १६ बजे