Logo

खेलकुद

सनराइजर्स हैदरावाद प्ले अफमा



काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबार साँझदेखि रातिसम्मै पानी परेपछि दुवै टिमले एक –एक अंक लिएर खेल रद्द भएको हो । खेल रद्द भएपछि हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ ।

अब टोलीले मे १९ मा हुने खेलमा पञ्जाबलाई हराएर १७ अंक मात्र पु¥याउन सक्छ । अर्कोतर्फ, गुजरातको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । गुजरातले १४ खेलपछि १२ अंक मात्र जोड्न सकेको छ । यसअघि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले प्लेअफमा स्थान पक्का गरेका थिए ।

आइपीएलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स भिड्ने छन् । यो खेल राति पौने ८ बजे सुरुहुने छ ।
मुम्बई पुछारमा रहँदै यो सिजन बाहिरिसकेको छ भने लखनऊ १२ अंकका साथ तालिकाको सातौं स्थानमा रहे पनि प्लेअफको एकदमै झिनो आशामा बाँकी रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ८ : १२ बजे