Logo

मुख्य समाचार

यी हुन् आईपीएलको अक्सनमा विकेका भारतीय र विदेशी खेलाडी (सूचीसहित)



काठमाडौं । इन्डियन प्रिमियर लिगको अक्सन सम्पन्न भएको छ । यसपटक अक्सन भारतभन्दा बाहिर दुबईमा आयोजना गरिएको थियो । अक्सनमा ७२ जना खेलाडीमाथि बोलि लागेको छ । १० वटा फ्रेन्चाइज क्लबले अक्सनमा २३० करोड ४५ लाख भारु खर्च गरेर टिम निर्माण गरेका हुन् ।

अस्ट्रेलियाका दुई स्टार बलर आईपीएलको लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कलाई २४ करोड ७५ लाखमा र सनराइजर्स हैदरावादले प्याट कमिन्सलाई २० करोड ५० लाखमा टिममा समावेश गरेको छ ।

स्टार्क लामो समयपछि आईपीएलमा फर्किएका छन्, जबकि कमिन्स पछिल्लो सिजन खेलेकै थिएनन् । हालै भारतमा सम्पन्न एक दिवसीय विश्वकप जितेको अस्ट्रेलियन टोलीका सदस्यमाथि फ्रेन्चाइजीहरुले ठूलै विश्वास गरेर मोटो रकम खर्च गरेका हुन् ।

भारतका हर्षल पटेल घरेलु खेलाडीमा सबैभन्दा महँगा भएका छन् । हर्षललाई पञ्जाब किंग्सले ११ करोड ७५ लाख भारुमा लिएको छ । यस बाहेक समीर रिजवी अनक्याप्ड खेलाडीहरूमध्ये सबैभन्दा खेलाडी भए । उनी ८ करोड ४० लाखमा चेन्नई सुपर किंग्समा समावेश भएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ११ : ०४ बजे