Logo

मुख्य समाचार

श्रीलंकाका विदेशमन्त्री आज नेपाल आउँदै



काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपालको चारदिने भ्रमणका लागि आज आउँदै छन् ।

परराष्ट्र मन्त्रालयले हिजाे विज्ञप्ति जारी गर्दै मन्त्री साब्रीको भ्रमणबारे जानकारी गराएको हो । उनी नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन आउन लागेका हुन् ।

संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षरसमेत हुने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : ४४ बजे