काठमाण्डौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी ठगी गरेको आरोपमा रामेछाप जिल्ला तामाकोशी लिखु गा.पा. वडा नं २ घर भएका हाल काठमाण्डौ २६ मैपी बस्ने बर्ष २६ का पोसाक सुनुवारलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको खोजतलास टोलीले पक्राउ गरेको छ ।
टेक बहादुर गुरुङलाई माल्टा पठाईदिन्छु भनी रु ३,३०,०००/- ( अक्षरुपी तीन लाख तीस हजार रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया