Logo

समाचार

विवाहपञ्चमीमा जनकपुरबाट १८ जना पाकेटमार पक्राउ



जनकपुरधाम राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अवाञ्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भीडभाडको मौकाछोपी श्रद्धालु भक्तजनको पाकेट मार्ने १८ जनालाई जनकपुरबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका पाकेटमारलाई  जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरीको अस्थायी अनुसन्धान केन्द्रमा राखिएको छ। उनीहरुमाथि अहिले आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

विवाहपञ्चमी महोत्सवमा हरेक वर्ष दर्जनौ पाकेटमार पक्राउ पर्ने गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  २ : ०१ बजे