Logo

मुख्य समाचार

सरकारको कामबाट कांग्रेसकै नेताहरु सन्तुष्ट छैनन्ः अध्यक्ष ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि असन्तुष्ट रहेको दाबी गरेका छन् ।

पार्टीले आयोजना गरेको ‘मध्यपहाडी संकल्प यात्रा’ का क्रममा आज बिहीबार भोजपुरमा आयोजित सभामा बोल्दै उनले यस्तनो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले सरकारको कामबाट नेपाली कांग्रेसकै नेताहरु समेत आजित भइसकेको दाबी गरे । देश दिनदिनै ओरालो लागेको भन्दै अध्यक्ष ओलीले यो अवस्थाबाट सबै क्षेत्र चिन्तित भएको बताए ।

देशलाई समृद्धितिर लैजान एमालेको सरकार आवश्यक भएको भन्दै गठबन्धनबाट मुलुकको विकास नहुने टिप्पणी उनले गरे ।

सुशासन र विकासका लागि कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने भन्दै ओलीले भने, ‘एउटा राष्ट्रिय शक्ति मजबुत भएन भने, सुशासन र विकासको पक्षमा जनशक्ति भएन भने देश बर्बाद हुन्छ ।’

यसैबीच, एमालेको संकल्प यात्रा आज धनकुटा पुगेको छ । धनकुटाका विभिन्न स्थानमा सभा आयोजना गरिने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  २ : ३२ बजे