Logo

मुख्य समाचार

गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या १८ हजार नाघ्याे



काठमाडौं । गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४०० पुगेको प्यालेस्टाइनले जनाएको छ । अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४०० नाघेको हो ।

मंगलबार वेस्ट बैंकको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार जेनिन सहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । उक्त सैन्य कारबाहीमा चारजनाको मृत्यु भएको हाे ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १२ : ०३ बजे