Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर २५ गते



काठमाडाैं । आज मिति २०८० मंसिर २५ गते, सोमबार, ११ डिसेम्बर २०२३। मार्ग कृष्णपक्ष चतुर्दशी तिथि। विशाखा नक्षत्र, ११ः५२ बजेपछि अनुराधा। चन्द्रराशि वृश्चिक।

मेष राशि
आकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरू भेटिनेछन्। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अर्थअभावको समस्याबाट जोगिन समयमा सजग रहनुहोला।

बृष राशि
वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् तर काममा केही चुनौती भने आउन सक्छन्।

मिथुन राशि
समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

कर्कट राशि
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्राको प्रक्रियामै बढी खर्च गर्नुपर्ला। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

सिंह राशि
समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। आँटेको काम रोकिन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

कन्या राशि
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

तुला राशि
अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। नियमविपरीत बलजफ्ती काम गर्न खोज्दा थप समस्या आउला। खर्च बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।

बृश्चिक राशि
खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।

धनु राशि
सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। लागत र परिणाम अध्ययन नगरी काम थाल्दा समस्या पर्नेछ। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला।

मकर राशि
पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।

कुम्भ राशि
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका जुट्नेछ।

मीन राशि
अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। तर सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। खर्च पनि बढ्न सक्छ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : ०० बजे