Logo

अर्थ

प्रि–ओपन सेसनमा नेप्से १३.२८ अंक बढ्यो



काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक १३ अंकभन्दा बढी बढेको छ । 

आइतबार सो सेसनमा १३.२८ अंक बढेर नेप्से परिसूचक १८६६.०६ विन्दुमा पुगेको छ । 

यो सेसनमा ८३ कम्पनीको १९ हजार ५३९ कित्ता सयर किनबेच हुँदा ५५ लाख ६ हजार २४ रुपैयाँ बराबरको भएको छ । जसमध्ये ६६ कम्पनीको मूल्य बढेको छ भने १२ को मूल्य घट्दा बाँकी ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : ३५ बजे