Logo

मुख्य समाचार

चित्लाङमा सवारी दुर्घटना, एकको जनाको मृत्यु



मकवानपुर । मकवानपुरको थाहा नगरपालिका(९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

काठमाडौंबाट चित्लाङका लागि छुटेको बा.४ ख ८७७३ नम्बरको बस र काठमाडौं आउँदै गरेको बा.६५ प ४१७३ नम्बरको मोटरसाइकल गएराति ठोक्किएका हुन् ।

दुर्घटनामा थाहा नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालको ज्यान गएको हो । उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

घाइते ४८ वर्षीय शम्भु गमालको उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।का निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : २६ बजे