Logo

खेलकुद

एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानविरुद्ध खेल्दै



काठमाडौं । एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ ।

दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : ११ बजे