काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन तोलामा एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहको छ । चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया