Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमयदर, युरोको भाउ १४३ मा झर्यो


२२ मंसिर २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६७ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसामा कारोबारको अनुमति दिएको छ ।

बेलायती पाउण्ड भाउ घटेर एकको खरिद दर १६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १६८ रुपैयाँ २० पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ३५ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ७४ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९८ रूपैयाँ ३४ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ १७ पैसा तथा बिक्री दर ९ रूपैयाँ २१ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४८ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६४ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ ४८ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ६४ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ४० बजे