Logo

Breaking News 1

एनसेलको शेयर खरिदबिक्री प्रकरणमा ठूलो चलखेल भएकाे बाबुरामको आशंका



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरण ठूलो चलखेल भएको आशंका गरेका छन्।

उनले कर छल्नकै लागि शेयर बिक्री गरेर हिँडेको आशंका गर्दै सरकार र नियामक निकाय जवाफ माग गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्,

एनसेलको शेयर खरिदबिक्री प्रकरणले प्रथमदृष्टिमै दालमा केही कालो भएको संकेत गर्छ र नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्छ।

१. यदि साॅच्चै नै कुनै विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्य भन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलि को लगानीकर्ता यहाॅ भित्रिन्छ?

२. त्यसो हैन र पुॅजीगत ळाभकर र अन्य कर छल्नकैनिम्ति यो नाटक गरिएको हो भने देशलाई यस्ता छलकारी लगानीको के अर्थ रहन्छ?

३. अरबौं रकम बराबरका यस्ता हर्कत देशका ऐननियम विपरित हाकाहाकी कसरी हुनसक्छन्? यसमा राज्यका विभिन्न अंगमा हालिमुहाली गर्नेहरूको संलग्नता नभैरहन सक्छ ?

सरकारको नेतृत्व र नियामक निकाय बोलोस्!

उनले विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्य भन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य हुने परिस्थिति बनेको भए यहाँ अब को भित्रिन्छन् भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १ : २३ बजे