Logo

Breaking News 1

राजसंस्था, हिन्दुराष्ट्र पक्षधर बीच मोर्चा निर्माण आवश्यकः कमल थापा


१५ मंसिर २०८०, शुक्रबार  

115
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य आजको प्रमुख आबश्यकता भएको बताएका छन् ।

अहिलेकै ब्यबस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था,हिन्दुराष्ट्र पक्षधर र संघीयता नचाहने बिच तत्काल मोर्चा निर्माण गरि नयाँ जनआन्दोलनमा जान जरुरी भएको आबश्यकता औल्याए ।

थापाले संबैधानिक अङ्ग, न्यायालय,प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमायर सर्बसत्ताबाद लाद्ने दुष्प्रयास भैरहेको भन्दै उनले त्यसको प्रतिबाद हुनुपर्नेमा जोड दिए । असक्षम, असफल र अदुररदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधिनको रक्षाको निमित्त एकपटक सबै सडकमा आउनु पर्ने समय आएको समेत बताए । उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे।

राप्रपा नेपाल काठमाडौं जिल्ला समितीले आयोजना गरेको कार्यक्रममा नेताहरु जयकुमार खड्का,तारानाथ लुईटेल, इन्द्र चित्रकार ,राजाराम बर्तौला ,श्याम घिमिरे लगायतले संगठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : ३१ बजे