Logo

Breaking News 1

सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेकाे छः केपी ओली 


१५ मंसिर २०८०, शुक्रबार  

69
Shares

डडेल्धुरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाईरहेको जनाएका छन् ।

सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निमार्ण ब्यावसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाएका छन । 

‘सत्तासिन गठबन्धनका नेताहरु सरकार कसरी जोगाउने ? मन्त्री कसरी हुने ? कसले बढी कमाउने ? कसले आफान्त बढी पोस्ने ? मा लागेको छ,’ ओलीले भने, ‘सरकार सेना र कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेर आन्तरिक ऋण खोजेर खुवाउन थालेको छ ।’ 

उनले परिवर्तन उल्टाउनका लागि बिभिन्न कार्यक्रम र गतिबिधि गर्दा पनि सरकार मुकदर्शक भएको आरोप पनि लगाएका छन ।  

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : ५० बजे