Logo

Breaking News 1

देश मध्यावधिमा जान सक्ने आशंका, ‘स्ट्याण्डबाइ’ रहन कार्यकर्तालाई रविको निर्देशन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बसेको पार्टीको कन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले आफ्नो प्रतिवेदन पेश गरेका हन् ।

लामिछानेले आफ्नो प्रतिवेदनमा देश मध्यावधिमा जान सक्ने आाशंकासमेत व्यक्त गरेका छन् । ‘एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने र सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं । हैन भने यही बेथितिको निरन्तरता अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला रु पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन् । साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचना लाई स्ट्यान्डबाइ रहन निर्देशन दिन्छु’। उनले प्रतिवेदनमा भनेका छन् ।

उनले रास्वपाले गत निर्वाचनमा चितवनमा पाएको ७५ प्रतिशत मतलाई क्रान्तिको सन्देश भनेका छन् । ‘चितवनको निर्वाचन क्षेत्र नं। २ मा हामीले ७५ प्रतिशत मत पायौं । त्यसले अहिलेकै निर्वाचन प्रणालीमा पनि एउटै दलले दुई तिहाइ बहुमत ल्याउन सम्भव छ भन्ने संकेत चाहिँ गर्छ । कुनै एउटा दलले दुई तिहाइ बहुमत ल्याउँदा अहिलेका विकृति विसंगति नियन्त्रणसहित नागरिकका आकांक्षा पूरा गर्ने गरी सबै किसिमका परिवर्तनको ढोका खोल्न सकिन्छ नै ’।

रास्वपा सभापति लामिछानेले प्रदेश संरचना परिवर्तन अत्यावश्यक रहेको प्रतिवेदनमा औंल्याएका छन् । ‘प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौं । प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । प्रदेशले आफ्नो उपदेयता पुष्टि गर्न नसक्दा आम नागरिकमा प्रदेश संरचनाप्रति असन्तुष्टि बढेको उनको ठहर छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ११ : ४० बजे