Logo

मुख्य समाचार

कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राती संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन ९कोप–२८० को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार राती यूएई प्रस्थान गरेका हुन् ।

यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ६ : ५५ बजे