Logo

Breaking News 1

बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक ३० हजार घुससहित नियन्त्रणमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

बुटबलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

साउदलाई मैनापोखर बर्दियाको मुद्दा शाखाबाट घुस रकमसहित नियन्त्रणमा लिइएको र उनका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

साउदले लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना पाएपछि अख्तियारको टोलीले उनीमाथि निगरानी बढाएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : २९ बजे