Logo

Breaking News 1

देउवाद्वारा केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनित



काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । आज (सोमबार) सभापति देउवाले केन्द्रीय लेखा समिति सदस्यमा चार सदस्य मनोनित गरेका हुन् ।

देउवाले दिलिप ढुंगाना (धनुषा), डा.डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई केन्द्रीय लेखा समिति सदस्यमा मनोनित गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे केन्द्रीय लेखा समितिको संयोजक रहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  २ : १२ बजे