Logo

Breaking News 1

एकीकृत समाजवादीका अध्यक्ष नेपाल भूकम्प प्रभावित जिल्ला जाजरकोटमा



काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जाजरकोट प्रस्थान गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल जिल्ला व्यवस्थापन समितिको बैठकमा सहभागी हुन त्यँहा पुगेका हुन् ।

गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पपछि अध्यक्ष नेपालको प्रमुख आतिथ्य तथा प्रजिअको अध्यक्षतामा भूकम्प प्रभावित जिल्ला जाजरकोटको सदरमुकाम खलंगामा जिल्ला व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकमा राजनीतिक दल तथा विभिन्न संघ संस्थाका भनाई र सुझाव प्रस्तुत गरिएको छ ।

पूर्व प्रधानमन्त्री नेपालले पनि उक्त बैठकमा सम्बोधन गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १ : ०० बजे