Logo

मुख्य समाचार

आजपाको स्थायी कमिटी बैठक आजबाट



काठमाडौं । आम जनता पार्टी (आजपा) स्थायी कमिटी बैठक आजबाट सुरु हुँदै छ । प्रभु साह नेतृत्वको सो पार्टीको स्थायी कमिटी बैठक काठमाडौंमा हुनेछ ।

सो बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा देशको समग्र राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : २० बजे