Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर ११ गते



आज मिति २०८० मंसिर ११ गते, सोमबार, २७ नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि, १४ः२३ बजेपछि मार्ग कृष्ण प्रतिपदा। कृत्तिका नक्षत्र, १४ः०३ बजेपछि रोहिणी। चन्द्रराशि वृष।

मेष राशि

मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

बृष राशि

काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

मिथुन राशि

आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।

कर्कट राशि

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा सरसापटमा गएको रकम भने फिर्ता लिन सकिनेछ।

सिंह राशि

छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन सफल भइनेछ।

कन्या राशि

धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

तुला राशि
जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत नै प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

बृश्चिक राशि

नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

धनु राशि

पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ।

मकर राशि

बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। गुरुजनको साथ–सहयोग जुट्नेछ।

कुम्भ राशि

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सजग रहनुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

मीन राशि

स्रोत/साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : ५४ बजे