Logo

मुख्य समाचार

गाजामा अझै २० नागरिक बन्दी रहेको थाइल्याण्डद्वारा जानकारी



बैंकक । थाइल्याण्डले गाजामा अझै २० नागरिक बन्दी रहेको जनाएको छ । गाजामा १० जनालाई रिहा गरिसकेपछि पनि २० नागरिक अझै बन्दी रहेको उसले जनाएको हो ।

थाइल्याण्डको परराष्ट्र मन्त्रालयले इजरायलसँगको युद्धविराम सम्झौताको बीचमा हमासले १० जनालाई आकस्मिक रिहा गरेको एक दिनपछि २० जना थाई नागरिक गाजामा बन्दी रहेको पुष्टि गरेको हो ।

शुक्रबार रिहा गरिएका २४ बन्दीमध्येका १० जना अस्पतालमा रहेर ४८ घण्टा पछि थाइल्याण्ड फर्किने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको तस्बिरका अनुसार रिहा गरिएका थाई बन्दीहरूमा एक महिला पनि छन् । मन्त्रालयले कतार, इजरायल, इजिप्ट, इरान र मलेसिया र रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १० : ५० बजे