Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर ९ गते



आज मिति २०८० मंसिर ९ गते, शनिबार, २५ नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष त्रयोदशी तिथि, १६ः४२ बजेपछि चतुर्दशी। अश्विनी नक्षत्र, १५ः०७ बजेपछि भरणी। चन्द्रराशि मेष।

मेष राशि

विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

बृष राशि

सरसापटमा रकम बाहिरिन सक्छ। यात्राको साइत जुर्न सक्छ। टाढाका साथीभाइ नजिकिनेछन्।

मिथुन राशि

दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।

कर्कट राशि

आँटले दिगो फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।

सिंह राशि

सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।

कन्या राशि

महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

तुला राशि

यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च पनि बढ्न सक्छ।

बृश्चिक राशि

ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।

धनु राशि

भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।

मकर राशि

नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ।

कुम्भ राशि

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

मीन राशि

विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ। मनग्य धनलाभ हुनेछ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : ०२ बजे