Logo

मुख्य समाचार

दुर्गा प्रसाईंका समर्थकमाथि भएकाे धरपकडमा राप्रपा अध्यक्षको आपत्ति



काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी माथी भएको प्रहरी धरपकडको बिरोध भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज भईरहेका प्रहरी धरपकड प्रति आपत्ति जनाएका छन ।

‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन,’ अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन, सरकारले आफुलाई तत्काल सच्याओस ।’

हिजो देखी प्रसाईले ‘ब्यवस्था बिरोधी’ आन्दोलनको सुरुवात गरेका छन् । तीनकुनेमा आज हुने भनिएको कार्यक्रममा सरकारले अबरोध गरेको छ । हालसम्म सो कार्यक्रममा सहभागी हुन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गसिकेको छ भने प्रसाई स्वयं भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : १५ बजे